दफा
आयोग स्वशासित संस्था हुने
(१) आयोग अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हुनेछ ।
(२) आयोगको सबै काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) आयोगले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, खरिद गर्न, बिक्री गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) आयोगले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र आयोग उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।